२५ माघ २०८१, शुक्रबार
Nepal Bank AD

यी बाणिज्य बैंकहरुको बार्षिक प्रतिसेयर आम्दानी हेरौं


प्रकाशित: मंगलवार, ८ माघ २०८१, १३ः४० बजे
- महानगरखवर

काठमाडौं । बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बाणिज्य बैंकहरुको नाफा घट्दा बैंकहरुको प्रतिसेयर आम्दानी प्रभावित भएको छ ।


सेयर संख्या स्थिर रहेको अवस्थामा नाफा बढेमा प्रतिसेयर आम्दानी बढ्ने र घटेमा घट्ने हुन्छ । सेयर लगानीकर्ताका लागि कम्पनीको नाफाभन्दा प्रतिसेयर आम्दानी महत्वपूर्ण हुन्छ । 
लगानीमा एक कित्ता सेयरले गरेको आम्दानीलाई प्रतिसेयर आम्दानी (ईपीएस) ले जनाउँछ । 


वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै नाफा नबिल र ग्लोबल आईएमईले कमाए पनि प्रतिसेयर आम्दानीका आधारमा भने स्टान्डर्ड चार्टर्ड र एभरेस्ट सबैभन्दा माथि छन् ।


स्टान्डर्ड चार्टडको ३२.६ रुपियाँ (बार्षिक प्रतिसेयर), एभरेष्टको ३२.०६ रुपियाँ रहेको छ । 


नविल २४.०५, एनएमबी २१.८२, एनआइएमबी १६.६०, ग्लोबल आइएमइ १६.०२, प्राइम बैंक, १९.२८, नेपाल एसवीआई १७.१५, सानिमा १७.६१, हिमालयन १४.०३, प्रभु ११.३५ रुपियाँ बार्षिक प्रतिसेयर आम्दानी रहेको छ ।


त्यसैगरी, राष्ट्रिय बाणिज्य बैंक ९.७६, लक्ष्मी सनराईज ९.५०, सिद्धार्थ ७.५०, नेपाल बैंक ६.२७, एनआइसी एसिया २.०४, कृषि विकास बैंक ११.४७, माछापुच्छे्र १३.८९ बार्षिक प्रतिसेयर आम्दानी रहेको छ ।

 

21 January 2025, Tuesday                 

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex