काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकसम्म आइपुग्दा पाँच वाणिज्य बैंकले आफ्नो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन ।
प्रकाशित विवरणअनुसार अधिकांश बैंकको नाफा अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ भने केहीको नाफामा कमी आएको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले यस अवधिमा दुई अर्ब एक करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष नाफा १ अर्ब ४ करोड ५१ लाख थियो । खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर पाँच अर्ब ७५ करोड पुगेको छ भने प्रावधान रकम घटेर ३५ करोड ३७ लाखमा सीमित भएको छ ।
बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा पुगेको छ ।
कुमारी बैंक
कुमारी बैंकले दुई अर्ब ११ करोड रुपैयाँ नाफा कमाउँदै अघिल्लो वर्षको ४६ लाख नाफाबाट चार सय गुणाले वृद्धि गरेको छ ।
यो वृद्धि मुख्यतः प्रावधान रकम ६ अर्बबाट घटाएर २ अर्बमा सीमित भएको कारण भएको हो ।
खुद ब्याज आम्दानी ११ अर्ब ५५ करोड पुगेको छ भने प्रतिसेयर आम्दानी आठ रुपैयाँ ०६ पैसा पुगेको छ । तर बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ऋणात्मक छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको वितरणयोग्य नाफा २२० प्रतिशतले बढेर एक अर्ब ८६ करोड पुगेको छ ।
कुल नाफा १०.२४ प्रतिशतले बढ्दै तीन अर्ब ३९ करोड पुगेको छ । खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड र सेवा शुल्क आम्दानी १५.०९ प्रतिशतले बढेर एक अर्ब ६४ करोड पुगेको छ ।
भ्एक् २४ रुपैयाँ एक पैसा र नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा रहेको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले ४४ प्रतिशत नाफा वृद्धि गर्दै चार अर्ब १५ करोड नाफा कमाएको छ ।
अघिल्लो वर्ष प्रावधान रकम दुई अर्ब १५ करोड देखिएकोमा यस वर्ष १० करोड मात्र देखिएकोले नाफामा उछाल आएको हो ।
प्रतिसेयर आम्दानी २७ रुपैयाँ ०६ पैसा र वितरणयोग्य लाभांश १८.४२ प्रतिशत रहेको छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकको नाफा भने दुई प्रतिशतले घट्दै एक अर्ब २९ करोडमा सीमित भएको छ । यो कमीको कारण प्रावधान रकम एक अर्ब ७२ करोडबाट बढेर दुई अर्ब ६७ करोड पुगेको हो ।
तथापि, खुद ब्याज आम्दानी करिब १२ प्रतिशतले बढेर ६ अर्ब ३६ करोड पुगेको छ । प्रतिसेयर आम्दानी आठ रुपैयाँ ७६ पैसा र वितरणयोग्य लाभांश ५.२५ प्रतिशत छ ।
Categorized in बैंक