१५ बैशाख २०८२, सोमबार
Header

यी इन्स्योरेन्स कम्पनहरुले हकप्रद सेयर जारी गर्दै


प्रकाशित: सोमवार, २८ माघ २०८१, १०ः१९ बजे
- महानगरखवर

काठमाडौं । चार वटा निर्जीवन र ३ वटा जीवन बीमा कम्पनीले हकप्रद सेयर दिने भएको छ । 


नेपाल धितोपत्र बोर्डमा युनाइटेड अजोड, सानिमा जिआइसी, प्रभु र नेपाल इन्स्योरेन्स निर्जीवन बीमा कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन्।


त्यसैगरी, गरी जीवन बीमा कम्पनीहरु प्रभु महालक्ष्मी, सन नेपाल र एसियन लाइफ पनि हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन्।


युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न गत असोजमा बोर्डसँग अनुमति मागेको छ । 


कम्पनीले १ः०.१५ अनुपातमा ३१ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल छ ।


सानिमा जिआइसी इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न वार्ड सँग माग गरे अनुसार कम्पनीले १०ः२.५ को अनुपातमा ५० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । 
यसर्थ, कम्पनीले प्रतिकित्ता १०० रूपैयाँको दरले ५० करोड रूपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीको सेयर रजिष्ट्रारमा सिटिजन क्यापिटल रहेको छ ।


त्यसैगरी, प्रभु इन्स्योरेन्सले ५०.१५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग गत असारमा अनुमति मागेको छ । 


कम्पनीले १ः०.५०१५ अनुपातमा ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँको दरले ८३ करोड ५० लाख १३ हजार ५४४ रूपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।


प्रभुको सेयर रजिष्ट्रारमा एनआइसी एसिया क्यापिटल क्यापिटल रहेको छ ।


नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । सो अनुसार कम्पनीले १०ः४ अनुपातमा ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि गत असारमा बोर्डसँग अनुमति मागेको हो । 


कम्पनीले प्रतिकित्ता १०० रूपैयाँको दरले ६५ करोड ७६ लाख ९३ हजार ७७६ रूपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआइएबी एस क्यापिटल क्यापिटल रहेको छ।


जीवन बीमा कम्पनीहरुमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने भएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ।


सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

 
कम्पनीले २७ प्रतिशत अर्थात् १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति मागेको हो।


कम्पनीले प्रतिकित्ता १०० रूपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर गर्नेछ । कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ छ।


एसियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बोडसँग अनुमति मागेको छ । 


कम्पनीले १ः०.४२ अनुपातमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गर्न गत जेठमा अनुमति मागेको हो। 


जस अनुसार  प्रतिकित्ता १०० रूपैयाँको दरले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ । यस कम्पनीको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटले गर्नेछ ।

 

10 Ferbury 2025, Monday

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex