४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

यात्रु बोक्ने चार मोटर साईकल कार्वाहीमा 


प्रकाशित: सोमबार, ३० पुष २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । सार्वजनिक यातायात सेवाको नियम विपरित यात्रु बोक्ने चार मोटरसाईकलाई ट्राफिक प्रहरीले कार्वाही गरेको छ । 


महानगरीय ट्राफिक प्रहरी महाशाखाले टुटल, पठाओ लगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र  प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गरिएको हो । 


यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारी साधनले उपदफा २ बमोजिम निजी सवारी साधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेकाले सोहीअनुसार कारवाही गरिएको महाशाखाले जनाएको छ । 


महशाखाले पक्राउ परेका मोटरसाइकल चालकलाई एक हजारसम्म जरिवना गरेको बताएको छ । 


उपत्यका यसरी यात्रु बोक्ने मोटरसाइकल धेरै रहेका भन्दै महाशाखाले यस्ता सवारी साधनमाथि विशेष कारवाही अभियान शुरु गरेको जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex