१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

यात्रु ठग्ने शुभ अधिकार ट्राभल्सलाई कर्वाही सिफारिस


प्रकाशित: बुधवार, २८ कात्तिक २०७५, २०ः३० बजे
- महानगरखबर

काठमाडौँ । शुभ अधिकारी ट्राभल्सले यात्रुहरुसँग पर्यटक बसको महंगो भाडा लिई साधारण बसबाट यात्रा गराई ठगी गरेकोमा महानगरीय ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागलाई कार्वाही गर्न सिफारिस गरेको छ । 


पोखराबाट काठमाडौँको यात्रामा २१८ नंको टुरिष्ट बसमा यात्रा गराउने भनी जनही रु ७०० भाडा लिएको शुभ अधिकारी ट्राभल्सले रु ५०० भाडा लिने गरेको ७२४९ नंको साधारण बसमा यात्रा गराई ठगेपछि यात्रुले प्रहरीमा उजुरी गरेपछि कारवाही गराइएको हो ।

 
चौतीस जना यात्रुलाई ठगेकाले ती दुईवटै बसलाई नियन्त्रणमा लिई महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा राखेर कारवाही गरिएको महाशाखा प्रमुख वसन्तकुमार पन्तले जानकारी दिए । 


बढी भाडा लिने बसलाई यातायात व्यवस्था विभागले रु तीनदेखि रु पाँच हजारसम्म जरिवाना गर्नसक्ने व्यवस्था रहेको महाशाखा प्रमुख पन्तले बताए । 


यसअघि यही कात्तिक ७ गते पनि शुभ अधिकारी ट्राभल्सले पर्यटक बस भनी जनही रु ७०० भाडा लिएकामा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले १५ जना यात्रुको भाडा फिर्ता गराउनुका साथै रु एक हजार ५०० जरिवाना गरेको थियो । 


पोखरा रुटमा सरकारले तोकेको हालको भाडा दर रु ४२८ रहेको छ भने डिलक्स सुविधा रहेको भनी प्रमाणित गरिएका बसले २० प्रतिशत मात्रै थपेर लिन पाउने गरी तोकिएको देशभरको भाडा दर यातायात व्यवस्था विभागको वेबसाइटमा राखिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex