काठमाडौं । सार्वजनिक यातयात बचाउ भन्दै यातायात व्यवसायीहरुले आज शनिवार काठमाडौंको चक्रपथ सडक खण्ड र भक्तपुरमा एक घण्टा चक्का जाम गरेका छन ।
उनीहरूले ११ः३० बजेदेखि १२ः३० बजेसम्म ट्याक्सी ,बस ,ट्रकहरु लाइनबद्ध गरेर चक्काजाम गरेका थिए ।
सार्वजनिक यातायात क्षेत्रको संरक्षण र व्यवस्थापनमा सरकारले चालेको कदमप्रति आपत्ति जनाउँदै केन्द्रीय महासंघहरू मजदुर संघ/संगठनहरूको केन्द्रीय संघर्ष समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
भोलि जेठ १८ गते १२ः३० बजे माइतीघर मण्डलमा सम्पूर्ण यातायात व्यवसायी वृहत् विरोध गर्नेसम्म चेतावनी दिएका छन् ।
संघर्ष समितिका अनुसार सवारी ऐन २०४९ को परिशिष्ट २ को दफा ५ र २२ दफा १२ को विपरीत हुने गरी निजी क्षेत्रलाई कालो प्लेटमा सवारी सञ्चालनको अनुमति दिनु सार्वजनिक यातायात क्षेत्रको विनाशको षड्यन्त्र भएको आरोप लगाइएको छ ।
गण्डकी प्रदेश सरकारले मिति २०८२/२/१ गते प्रकाशित राजपत्रमार्फत निजी सवारी साधनलाई कालो प्लेटमा भाडामा सञ्चालन गर्न अनुमति दिएकोमा समितिले आपत्ति जनाएको हो ।
Categorized in बजार