काटमाडौं । भोलीदेखि दशैँको अग्रिम टिकट बुकिङ गर्ने भनिएकोमा सो नगर्ने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ ।
महासंघले उठाएको मागहरुले सरकारले सुनवाई नगरेको भन्दै अग्रिम टिकट बुकिङ नगर्ने निर्णय गरेको बताएको हो ।
पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघ सो निर्णय गरेको जनाएको छ । यस अघि व्यवसायीले मूल्यबृद्धि फिर्ता लिन सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको थियो ।
Categorized in बजार