१६ बैशाख २०८१, आइतबार
Header

याकः मिसालाई रातो मच्छिन्द्रनाथको फूल प्रसाद चढाइयो


प्रकाशित: शुक्रवार, ५ जेठ २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । कीर्तिपुरको प्यंगःथामा आज याकः मिसालाई रातो मच्छिन्द्रनाथको फूल प्रसाद चढाइएको छ । 


करिब ५ महिना अघिदेखिको ललितपुर र कीर्तिपुरविच रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति विवाद विहिवार औपचारिक रुपमा सकिएपछि परम्पराले निरन्तरता पाएको हो । 


कीर्तिपुर नगरपालिकाले बिहीबार मध्यरातमा रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति ह्यागृव भैरवनाथ र ३२ पानेजु संघलाई हस्तान्तरण गरेपछि विवाद  सकिएको छ । 


रातो मच्छिन्द्रनाथ जोडिएको एउटा परम्परालाई लिएर पाटनको बुंगमती र कीर्तिपुरको प्यंगथाँबीच लामो विवाद चर्किएको थियो । 


आज रातो मच्छिन्द्रनाथको मूलपुजारी (पानेजु) खाली खुट्टा हिँडेर प्यंगथाँ आउने र याकः मिसालाई फूल–प्रसाद चढाउने परम्पार अनुसार प्यंगथाँकी ७२ वर्षीया लक्ष्मीकुमारी महर्जनलाई ‘जीवित देवी’ याकः मिसालाई फूल प्रसाद चढाइएको हो । 


यो परम्परा मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लैजानुभन्दा चार दिनअघि गर्नु पर्ने परम्परा अनुसार आज फूल प्रसाद प्यंगःथामा ल्याएको हो । 


प्यंगःथामाकी याकः मिसालाई मच्छिन्द्रको प्रेमिका रुपमा चिनिन्छ । पौरणाकि कथा अनुसार याकःमिसा मच्छिन्द्रनाथलाई आफूसँगै प्यंगथाँमा राख्न चाहन्छिन तर लोकले मानेका लोकेश्वर निम्ति यो सम्भव नहुने भन्दै हरेक वर्ष भेट्न आउने बाचा गर्दै बुंगमती फर्केको कथा छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD