२० बैशाख २०८१, बिहिबार
Header

याकः मिसाको लागि आज कीर्तिपुर फूलप्रसाद लगिदै


प्रकाशित: शुक्रवार, ५ जेठ २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । कीर्तिपुरस्थित वडा २ मा प्यंगःथामा याकः मिसालाई ललितपुरबाट फूल प्रसाद लगिने भएको छ । 


आज (शुक्रवार) विहान ९ बजे जल पनेजुुबाट याकः मिसालाई फूल प्रसाद लगिने कार्यक्रम रहेको कार्यक्रम छ । सो कार्यक्रममा सम्पूर्ण नगरवासीहरुलाई सहभागी हुन नगर प्रमुख राजकुमार नकर्मीेले आग्रह समेत गरेका छन ।


प्यंगःथामा स्थापित रातोमछिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति विवाद लामो छलफल र बहसपछि टुंगिएपछि याकः मिसालाई रातो मछिन्द्रनाथको फूलप्रसाद लगिने परम्पराले निरन्तरता पाएको छ । 


विहिवार रातो मछिन्द्रनाथको प्रतिमूर्ति श्री हगृव भैरवनाथ तथा ३२ पनेजु संघ, ललितपुर २२ बुुंगमतिलाई बुुझाएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD