काठमाडौं । वि.स. २०७२ सालको विनाशकारी भूकम्पले ढलाएका ऐतिहासिक विश्व सम्पदा सुचिमा रहेका काष्ठमण्डपलाई सातौं सताब्दीकै प्रविधिमा पुननिर्माण गर्न सफल बागमति प्रदेशसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं. ८ (१) का एमाले उम्मेदवार राजेश शाक्यले आफ्नोे उम्मेदवारीबारे चर्चा गरेका छन ।
मंगलवार पत्रकारहरुसँगको भेटवार्तामा आफ्नो उम्मेदवारी जनताको चाहानाबमोजिम भएको पनि बताएका छन । उनले काष्ठमण्डप पुननिर्माणका लागि बनेको थुप्रै समितिहरु असफल भएको तर आफ्नो नेतृत्व आएपछि सफल भएको दावी गरे ।
काष्ठमण्डप पुननिर्माण समितिको अध्यक्ष भएपछि आफूले दिनरात खटेर काष्ठमण्डप ठड्याएर सम्पदा पुननिर्माण पुरा गरेको सुनाउँदै भने,‘ काष्ठमण्डपको हकमा कुरा गर्ने हो भने काष्ठमण्डप चाही २०७४ साल ४ महिना २७ गते पुरातत्व विभाग र महानगरपालिको गरेका संयुक्त स्टिमेटमा १९ करोड ८८ लाख १० हजार ५६५ रुपियाँ थियो तर मैले त्यती पुरानो स्टिमेट महानगरपालिकासँग साढे ११ करोड रुपियाँ अनुदान लिएर काष्ठमण्डप पुननिर्माण सम्पन्न भयो ।’
पूर्व प्रदेशसभा सदस्य शाक्यले पाँच बर्ष भित्र आफ्नो क्षेत्र भित्र पर्ने वडाहरु १३, १९, २० २३ र २४ मा गरेका विकासका कार्यहरुबारे विस्तारमा बताएका थिए ।
उनले सो वडाभित्र पर्ने सम्पदाहरुको पुननिर्माणका कार्यहरु लगभग सकि सकेको र सबै आफनै पहलमा पुरा गएको पनि सुनाए ।
उनले काष्ठमण्डप सातौ सताव्धीको प्रविधि प्रयोग गरेर पुननिर्माण गर्न सफल भएकोमा युनेस्कोले आफूहरुले गरेको कामको प्रशंसा गरेको बताए । संसारमा कहि पनि यस किसिमको संरचना भत्केपछि जुन सालमा भत्केको हुन्छ , त्यसबेलाको प्रविधि प्रयोग गरेको पाइएको छ तर नेपालमा त्यो पनि काष्ठमण्डपको पुननिर्माण सातौ सताब्दीको प्रविधि प्रयोग आफैमा गौरवको विषय बन्न पुगेको शाक्यले भने ।
दरवार क्षेत्रभित्र रहेका गद्दी बैडक, नौतले दरवार, कृष्णमन्दिर, दशअवतार मन्दिरहरुको पुननिर्माण भईसकेको अवस्था छ भने १३ र १९ वडाको विचमा पर्ने पक्की पुल निर्माण भईसकेको छ र सो केही समयपछि प्रयोगमा आउने शाक्यले बताए ।
त्यसैगरी, पाँच बर्ष भित्र आफ्नो क्षेत्र भित्र वडाको शिक्षा, स्वास्थ्य, जेष्ठ नागरिकको लागि योग केन्द्र बनाई दिएको, खानेपानीको पहुँच पुराएको शाक्यले दावी गरेको छ ।
उनले आफू भाषिक कार्यकर्ता भएकोले पनि रञ्जना लिपि उत्थानको लागि ५० लाख रुपियाँ राखेको सुनाए ।
फेरि तपाई किन उम्मेदवार भन्ने प्रश्नमा शाक्यले भने,‘ विगतमा हामी ५८ जना जितेका सभासद मध्ये यसपाली १७ जना मात्र दोहोराउने मौका पाएका छौ, त्यसपछि पाटीले सबै मान्यहरुमा तपाईहरु दोहोरीनुपर्छ, मेरो प्रदेशमा आउनु मुख्य कारण सके भने मुख्यमन्त्री बन्ने हो नत्र सरकारको नेतृत्वको दायित्व गर्ने हो भन्ने पार्टीको र मेरो धारणा पनि त्यही हो ।’
अबको ५ बर्षभित्र यस अघि आफूले पुरा गर्न नसकेको प्रतिबद्धता मध्ये एक बागमति प्रदेशभित्रको मुख्य मातृभाषा नेपाल भाषाको रन्जना लिपी प्रदेशको लेटरप्याडमा प्रयोग गर्ने, विल्डिंग कोड बनाउने, समृद्ध प्रदेशको रुपमा विकास गर्ने आफ्नो मुख्य प्रतिवद्धता रहेको शाक्यले बताएका छन ।
Categorized in राष्ट्रिय