काठमाडौं । विलासी करको विरोधमा आन्दोलन गर्दै आएका सुनचाँदी व्यवसायीहरूले सरकारसँगको सहमतिपछि आन्दोलनका कार्यक्रमहरू आजबाट स्थगित गरेका छन ।
बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तापछि सहमति जुटेपछि देशभर बन्द रहेका सुनचाँदी पसलहरू शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएका छन ।
अर्थ मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीको नेतृत्वमा भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक तथा विभिन्न व्यवसायी महासंघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
गत वर्षदेखि सरकारले १० लाख रुपैयाँभन्दा बढीको सुन खरिदमा २ प्रतिशत विलासी कर लगाएको थियो । आर्थिक ऐन २०८२ बाट १० लाखको सीमा हटाइएपछि व्यवसायीहरू आन्दोलित भएका थिए ।
सरकार–व्यवसायीबीचको सहमतिका मुख्य बुँदाहरूः
१) स्थानीय व्यवसायीको पहुँच हुने गरी नजिकको व्यापारिक केन्द्रबाट सुन आयात गर्ने व्यवस्था मिलाइने ।
२) ‘सुन आयात तथा बिक्री वितरण कार्यविधि, २०६८’ प्रभावकारी रूपमा कार्यान्वयन गरिने, आवश्यक परे संशोधन गरिने ।
३) सुन तथा गहनालाई ‘विलासिता’ को परिभाषाभित्र राखिएको विषयमा अध्ययन गरी पुनरवलोकन गरिने ।
४) कानुनी तथा नीतिगत सुधारका लागि कार्यदल गठन गरिने, जसमा सरकारी निकाय र व्यवसायी महासंघका प्रतिनिधिहरू रहने ।
५) सम्पूर्ण आन्दोलन, अनशन र संघर्ष कार्यक्रमहरू आजैदेखि स्थगित गरिने ।
विज्ञप्तीः

Categorized in बजार