काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि भएको मतदान सम्पन्न भएको छ ।
काठमाडौ जिल्लाको १० वटै क्षेत्रमा शान्तिपूर्ण मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका एक अधिकारीका अनुसार काठमाडौंमा ५५ प्रतिशत मदान भएको प्रारम्भिक अनुमान छ ।
निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो ।
क्षेत्र नं. १ मा ४५ हजार १८, क्षेत्र नं. २ मा ८१ हजार ९७०, क्षेत्र नं. ३ मा ५८ हजार ८०५, क्षेत्र नं। ४ मा ६९ हजार ७५२, क्षेत्र नं। ५ मा ७० हजार ९१९, क्षेत्र नं. ६ मा ६२ हजार १०२, क्षेत्र नं. ७ मा ६१ हजार २९१, क्षेत्र नं. ८ मा ५३ हजार १०६, क्षेत्र नं. ९ मा ७२ हजार १७३ र क्षेत्र नं.१० मा ७६ हजार ९०६ मतदाता छन ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर











Categorized in राष्ट्रिय