२३ बैशाख २०८१, आइतबार
Header

यस्तो देखियो रंगशालामा दीक्षान्त समारोह, बनायो विश्व रेकर्ड 


प्रकाशित: सोमवार, २ पुुस २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औं दीक्षान्त समारोह सम्पन्न गरेको छ ।


सोमबार आयोजित दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । 


यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वल्र्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ ।

 


त्रिविले स्नातक, स्नातकोत्तर, विद्यावारिधी तह पास गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको हो ।  


कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सहभागी रहेका थिए । 


त्रिविका अनुसार ७३ हजार सात सय ४९ जना विद्यार्थी दीक्षित हुन योग्य थिए । 

 


सो अवसरमा प्रधानमन्त्री पुुष्कमल दाहालले नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दिक्षान्त समारोहको तमाम श्रृङ्खलामा एउटा रेकर्ड हुन गएको बताए । 


‘यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागभण्डाको अन्त्य गर्ने, मेरिटको आधार उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईहरूको अगाडि व्यक्त गर्दछु ।’ प्रम दाहालले भने ।

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD