२५ बैशाख २०८१, मंगलबार
Header

यस्तो छ येँया (इन्द्रजात्रा) को समय तालिका, यःसिं लिन वनयात्रा 


प्रकाशित: आइतवार, ३१ भाद्र २०८०, २१ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा मनाईने ऐतिहासिक तथा सांस्कृतिक जात्रा येँया (इन्द्रजात्रा)को समय तालिका सार्वजनि गरिएको छ । 


गुठी संस्थान शाखा कार्यालयले सार्वजनिक गरेको समय तालिका अनुसार आईतवार (आज) इन्द्रजात्राको लागि यःसिं (लिङगो) लिन विहान ११ बजेर ५० मिनेटको साईतमा गुठियार वनयात्रा प्रस्थान गरेका छन । 


आजै राती शुभसाईत ९ बजेर ३४ मिनेटमा रुख काट्ने काम हुन्छ । असोज ६ गते यःसिं विहान १०ः३९ मिनेटमा नगर प्रवेश गराईने छ भने असोज ९ गते विहान १०ः३७ बजे इन्द्रध्वोत्थान गरिने कार्यक्रम छ । 


त्यसैगरी, असोज ११ गते विहिवार तल्लो टोलमा कुमारी यात्रा गरिने छ भने १२ गते शुक्रवार माथिल्लो टोलमा रथ घुमाइने छ ।


असोज १५ गते सोमवार नानिचा यात्रा, सोही दिन राती ८ः१५ बजे इन्द्रध्वज पतन गरिने कार्यक्रम रहेको छ । 


फाइल तस्वीर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD