काठमाडौं । बाणिज्य बैंकहरुले भाद्र महिनाको लागि मुद्दती निक्षेप व्याजदर सार्वजनिक गरेको छ ।
हिमालयन र प्राइम कमर्सियल बैंकले ब्याजदर सामान्य बढाएपनि अरु बैंकहरुले भने घटाएको छ ।
बैंकहरूले भदौका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.४६ प्रतिशत छ । दुई बैंकले भने व्याजदर बढाएका हुन । साउनका लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.६७ प्रतिशत थियो ।
हिमालयन बैंकले ६.२५ प्रशितबाट बाट बढाएर ७ प्रतिशत र प्राइमले ६.५ प्रतिशतबाट बढाएर सात प्रतिशत बनाएको छ ।
एनएमबी, एनआइसी एसियाले भाद्रको लागि ७.४१ व्याजदर कायम गरेको छ यस अघि साउनमा ७.५३ थियो ।
भाद्रको लागि सिटिजन्स बैंक ६.७५(साउन ६.७५), माछापुच्छ्रे बैंक ६.५ (साउन ७प्रतिशत), नविल बैंक भाद्र ७ (साउनमा ७ प्रतिशत) सिद्धार्थ बैंक भाद्र ६.५(साउन ६.७५), सानिमा बैंक ६.२ (साउन ६.४), प्रभु बैंक भाद्र ६ (साउनमा ७ प्रतिशत), लक्ष्मी सनराइज बैंक ५.५(साउनमा ६.५प्रतिशत) ब्याजदर छ ।
त्यसैगरी, भाद्र महिनामा ग्लोबल आइएमई बैंकले ब्याजर साउनकै ६.२५ प्रतिशत गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि साउन महिनाकै ७ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ भने एभरेष्टले बैंक ६.३ साउनकै ब्याजदर रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले भाद्रका लागि ६.५ साउनमा ७ प्रतिशत), नेपाल बैंक ५.२५ (साउनमा ६.२५ प्रतिशत), राष्ट्रिय वाणिज्य बैंक ६.०७ साउनमा(६.२१ प्रतिशत) ब्याजर रहेको छ ।
नेपाल एसबिआई बैंकले भने साउनकै ६.३ प्रतिशत ब्यादरलाइ कायम गरेका छ भने कृषि विकास बैंक ६.०५ (साउनमा ६.२९ ब्याजदर) कायम गरेको छ ।
Categorized in बैंक