१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

यसरी भेटियो नक्कली नोटको कारखाना !


प्रकाशित: आईतबार, ४ कात्तिक २०७५, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले दशैँको मुखमा नक्कली नोटको विगविगी बढेको देखेपछि अुनसन्धान अगाडी बढाउने क्रममा काठमाडौको महाबौद्धबाट गत असोजको अन्तिम साता ओखलढुंगा घर भएका अर्जुन भन्ने पदम बहादुरलाई १ हजार दरका १० वटा नक्कली नोटसहित पक्राउ परेपछि अनुसन्धानलाई तिव्र बनाएको थियो । 


यसैबिच एक हजारका २९ वटा नक्कली नोटसहित दुई जना काठमाडौंबाट पक्राउ परेको छ । प्रहरीले नोटसहित नोटसहित कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन पक्राउ गरे । 


उनीहरुलाई प्रहरीले काठमाडौं महानगरपालिका–७, चाबहिल चोकमा जाँच गर्ने क्रममा बा ४५ प ८०६६ नम्बरको स्कुटरमा नक्कली नोट बरामद गरेको थियो । 


महानगरीय प्रहरी परिसर काठमाडौको शनिवार नक्कली नोटको कारोवारमा ललितपुरको मच्छेगाउँबाट ५ जनालाई नियन्त्रणमा लिएपछि नक्कली नोटको कारोवारको पर्दाफास गर्न सफल भएको हो । 


प्रहरीले उनीहरुको बयानको आधारमा नक्कली नोट छाप्ने कारखाना फेला पारेको छ । 


प्रहरीले कीर्तिपुर नगरपालिका –४ स्थित कृष्णबहादुर क्षेत्रको साढे ४ तल्ल घरको पहिलो तल्लाका दुईवटा कोठा नारायण श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठले भाडामा लिएका थिए । ती कोठाहरुमा छापा मार्दा प्रहरीले नक्कली नोट छाप्ने मेसिन, केही नक्कली नोटहरु र छपाइमा प्रयोग गर्ने सामाग्रीहरु बरामद ग‍रयो । 


नक्कली नोट छापेको आरोपमा पक्राउ परेका ईन्द्रबहादुर श्रेष्ठ पर्साको बिरुवा गुठी घर भई हाल मच्छेगाउँमा बस्दै आएका थिए । २७ वर्षे श्रेष्ठ यसअघि सिरहा जिल्लाबाट हात हतियार खरखजाना मुद्दामा ११ महिना जेल बसेर छुटेका व्यक्ति भएको प्रहरीको भनाइ छ । उनी नक्कली नोट छाप्ने प्रमुख योजनाकार रहेको प्रहरीको दाबी छ ।


सँगै पक्राउ परेका इन्द्रबहादुर श्रेष्ठका सहयोगी २५ वर्षीय नारायण श्रेष्ठको घर गोरखाको सहिल लखन गाउँपालिका वडा नं ८ मा पर्छ । त्यसैगरी नक्कली नोटको कारोबारमा पक्राउ परेका अन्य व्यक्तिहरुमा मकवानपुरको हर्नामडी –९ घरभई हाल मूलपानी बस्ने बर्ष २५ का साहिल थापामगर पनि छन ।


त्यसैगरी पर्साको बिरुवागुठी– ३ घर भई हाल जोरपार्टी बस्ने वर्ष २८ का राज श्रेष्ठ छन । कागेश्वरी मनहरा ११ घर भई हाल कुमारीगाल बस्ने वर्ष २९ का विकास दोचे पनि नक्कली नोटको कारोबारमा समातिएका छन ।


प्रहरीले श्रेष्ठको कोटाबाट रु एक हजारका दरका नक्कली नोट ३७० थान बरामद गरेको छ । 


प्रहरीका अनुसार यस्ता नक्कली नोटहरु होटल रेष्टुरेन्ट, किराना पसलमा मा पैसा तिर्ने क्रममा प्रयोग गर्ने गरेको भेटिएको छ । 


प्रहरीले ब्रोदर कम्पनीको पैसा छाप्ने मेसिन एक थान, २ बट्टा मसी र २ बण्डल पेपर बरामद गरेको छ । गोर्खा फाइनाइन्सको ट्याग भएको पैसा बण्डल बनाउन प्रयोग गरिने सामाग्री १२ थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।


प्रहरीले श्रेष्ठको कोठाबाट प्रहरीले लालीगुराँस अंकित रबरस्टाम्प, कैंची र ४ वटा मोबाइलसमेत बरामद गरेको छ ।


नक्कली नोटका कारोबार गर्नेहरुलाई कानुनमा ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex