काठमाडौं । पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाडौंमा भव्य स्वागत तथा सम्मान गरिएको छ ।
बुधवार विहान पलेसा त्रिभुवन विमानस्थाल ओर्लिएपछि उनलाई काठमाडौंको विभिन्न स्थान हुँदै नगरपरिक्रमा गरि राष्ट्रिय खेलकुद परिषदमा विशेष सम्मान गरिएको थियो ।
यसैविच राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलले पलेशालाई विशेष सम्मान गरेका छन ।
राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा दोसल्ला ओढाएर पलेशालाई सम्मान गरेका हुन ।
राष्ट्रपति पौडेलले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी, काठमाडौँ महानगरपालिकाले पनि पलेशा ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ ।
काठमाडौँ प्लाजामा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्मान पत्र र उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गरेका थिए ।
त्यस अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो भनपलेसाकी माता पनिता गोवर्धन र पिता प्रदिप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।
पलेशाले गएको शुक्रबार पेरिसको ग्राण्ड प्यालेसमा के–४४ क्याटागोरीको महिला ५७ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्नुभएको हो ।
पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले पराजित गर्नुभएको थियो ।
रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनल खेल सुरक्षित गर्नुभएको थियो ।
तस्वीरहरुः नवराज कुँवर/महानगरखबर (लोगो भएको मात्र)
Categorized in मनोरन्जन