१६ बैशाख २०८१, आइतबार
Header

यसरी बढ्दै सुनको भाउ, ६२ हजार ६ सय पुग्यो 


प्रकाशित: मंगलवार, २२ माघ २०७५, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । अमेरिकी डलरको अवस्था कमजोर बन्दै जाँदा सुनको भाउमा पछिल्लो समय लगातार बृद्धि भईरहेको छ ।


नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलवार सुनको मूल्य ६२ हजार ६ सय पुगेको छ । 


एक हप्तामा सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको छ । 


त्यसैगरी सुनसँगै चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर ७८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।  एक वर्षको अवधिमा चाँदीको भाउ भने अधिकतम ८०० रुपैयाँ सम्म पुगेको छ । 


अमेरिका चिनको ट्रेड वार चलेपछि लगानीकर्ताहरु सुनमा लगानी आकर्षित भएकाले सुनको भाउ बढेको हो । 


पाँच वर्षअगाडि सुनको भाउ सबैभन्दा धेरै ६३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 


यही क्रम चल्ने हो भने सुनको भाउ अझै बढ्न सक्ने महासंघको भनाई छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD