१६ चैत्र २०८०, शुक्रबार
Header

यसरी जोगिऔं डेंगु सार्ने लामखुट्टेबाट


प्रकाशित: मंगलवार, १७ भाद्र २०७६, ११ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा फैलिएको डेंगुबाट जोगिन विभिन्न सावधानी अपनाउनु पर्ने भएको छ । 


काठमाण्डौ, पोखरा, चितवन लगायत देशका अधिकांश ठाउँमा डेंगु ज्वरो फैलिएको हुँदा बिशेष सतर्क रहन आवश्यक देखिएको चिकित्सकहरुले सुझाएको छ । 


डेंगुलाई (break bone) ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ । 


डेंगु परिचयः


डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो ।  यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ । यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन ।  वर्षातको महिनासंगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ । 


लक्षणहरुः–


अचानक ठूलो ज्वरो आउनु


– आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु


– सबै शरीर दुख्नु


– घांटी बस्नु


– साना बिमिरा आउनु


– शरीर चिलाउनु


– वाकवाकी लाग्नु र वान्ता आउनु


– छटपटी हुनु


– रिंगटा लाग्नु


– निद्रा नलाग्नु


– हड्डी तथा मांशपेशी निकै दुख्नु


– आँखा तथा घांटी रातो हुनु


– छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।


– ८० प्रतिशित बिरामीमा पहिलो दिनमा, ६०–८० प्रतिशत बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।


– १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ  । 


बिशेष/सतर्कता 


– ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला । 


– आइबुप्रोफेन, अस्पिरि आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन खतरा हुन्छ । 


– बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ । 


– जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी र फलफुल र गेडागुडीको रस, दाल, सुप नियमित खाने । 


उपचार पद्धती


–डेंगुको कुनै बिशेष औषधि तथा खोप छैन। एन्टिबायोटिकले डेंगु निको हुँदैन । चिकित्सकले अर्को संक्रमण नहोस भन्ने उद्देश्यले सामान्य एन्टिबायोटिक चलाउन सक्छन । कडा एन्टिबायोटिकको आवश्यकता हुँदैन। तसर्थ जथाभावी एन्टिबायोटिक किनेर प्रयोग गर्नु हुँदैन। 


रोकथामः


– लामखुट्टे भगाउने स्प्रे अथवा लोसन (Eg. Odomus)  शरीरमा लगाउने ।


–लामो बाहुला भएको कपडा लगाउने ।


– डेंगु लाग्ने लामखुट्टे day biter अर्थात दिनमा टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने । 


– भीडभाडमा सकभर नजाने 


– पानी जम्नसक्ने भांडाहरू ,


– पुराना टायरहरू आदि हटाउने


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD