७ बैशाख २०८१, शुक्रबार
Header

यथास्थितिमा एमसीसीलाई समर्थन गर्न सकिँदैनः माधव नेपाल


प्रकाशित: शुक्रवार, २८ माघ २०७८, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन ।


शुक्रवार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपालले एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने अभिव्यक्ति दिएका हुन ।


उनले एमसीसीबारे जनतालाई स्पष्ट पार्नुपर्ने चुनौति रहेको बताउदै भने,‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन् । त्यसैले एमसीसीमा क्लयरिफिकेसन चाहिन्छ, कतिपय कुरा मिलाउनुपर्ने छ । तर जनमत एमसीसीको विरुद्धमा छ । जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ । यो पनि एउटा ठूलो चुनौति छ, ।’ 


अहिले सम्झौता मिति सारेर व्यापक छलफल बढाउनु पर्ने अध्यक्ष नेपालले पत्रकार सम्मेलनमा बताए । पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन सत्ता गठबन्धन दलका नेताहरु नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दवाव दिईरहेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD