८ बैशाख २०८१, शनिबार
Header

यचु हेयर आयल प्रडक्ट लन्च, मेगा विजेतालाई एक लाख नगद पुरस्कार


प्रकाशित: बुधवार, ११ साउन २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यचु हेयर आयल प्रडक्ट लन्च गरेकी छिन ।


गत शनिवार काठमाडौंमा भूमि एमडिआर इन्डस्ट्रिजले आयोजना गरेको यचु हेयर आयल प्रडक्ट लन्च कार्यक्रममा उपप्रमुख डंगोलले आधुनिकताको नाममा आदिवासी अभ्यासलाई बिर्सिँदा अरुको भर पुर्न परेको विचार राखिन । 


‘हामी अरुले पु्रफ गरेर एप्रुभ गरिदियोस् भनेर कुरेर बस्छौं र परनिर्भरता बढेको छ । हामीसँग पहिल्यै प्रमाणित भइसकेको आदिवासी अभ्यासहरु छन्, त्यसलाई ब्रान्डिङ गरौं न’ डंगोलले भनिन ।


सो कार्यक्रमा कपालमा लगाउने तीन थरी तेलको घोषणा गरिएको थियो । नयाँ कपाल उमार्ने, कपाल झर्न रोक्ने र चायाँको समस्या समाधान गर्ने तेलको घोषणा गरिएको थियो । 


कपाललाई प्राकृतिक रुपमा कालो बनाउने तेल पनि योजनमा रहेको भएपनि यसको केही परिक्षण बाँकि भएको र यसलाई पनि चाँडै नै बजारमा ल्याउने भूमिका प्रवन्ध निर्देशक उज्वल मानन्धरले जाननकारी दिए ।

 
३३ थरीका विभिन्न प्राकृतिक जडिबुटिलगायतका वस्तुहरुको समिश्रणबाट यी तेल बनाएको कम्पनीले जानकारी दिएको छ । 


कपाल झर्ने, कपाल नउम्रिने र चायाँ लगायतका समस्यामा यस तेलको सफल परिक्षण भइसकेको र परिणाम पनि राम्रै पाएको दावी मानन्धरको हो ।


‘यहि तेलबाट हामीले करीब एक महिना निःशुल्क शिविर चलायौं । कपाल नभएकाहरुको पनि कपाल बढेको, चायाँको समस्या समाधान भएको पाइएको छ । कसैले पनि यसको बारे नराम्रो प्रतिक्रिया दिनुभएको छैन’ मानन्धरले भने । 


यसै विच यचु हेयर आयललाई लिएर भएको टिकटक प्रतियोगीतका एक मेगा विजेतालाई एक लाख नगद पुरस्कार पनि प्रदान गरिएको थियो । 


प्रतियोगी सहभागी अन्य ३ जनालाई जनही १०/१० हजार प्रदान गरिएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD