८ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

यःसिं (इन्द्रध्वोज) ठड्याएसँगै सुरु भयो यँयाः (इन्द्रजात्रा), आज उपाकु परिक्रमा गरिँदै


प्रकाशित: आइतवार, ३० भाद्र २०८१, १२ः५७ बजे
- महानगरखवर

काठमाडौं । हनुमानढोकामा आज आइतवार विहान ८ बजेर २६ मिनेटको शुभसाईतमा यःसिं (इन्द्रध्वोज) ठडयाएसँगै विधिवत रुपमा यँयाः (इन्द्रजात्रा) सुरु भएको छ । 


प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो, परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइएको छ ।


भक्तपुरको चित्तपोलस्थित यः सिंगुँ अर्थात जंगलबाट ल्याइएको ३२ हात लम्बाइको लिंगो भाद्र २६ गते सहर प्रवेश भोटाहिटीमा ल्याएर राखेको यःसिं हनुमानढोका ल्याएर राखिएको थयो ।

 

 


इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । नेवार समुदायमा मनाइने यो जात्राको उद्गमथलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ ।


असोज १ गते मंगलबार कुमारी रथ यात्रा सुरु हुनेछ । यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरुले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । 


यस दिन तल्लो टोलमा रथ यात्रा हुन्छ । असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ । यसै दिन राती १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन ।


आजै साँझ ४ बजेबाट काठमाडौंको भित्री सहरमा ‘उपाकु वनेगु’ भनेर वर्ष दिनभित्र मृत्यु भएका आफन्तका नाममा उनका परिवारजन नगर परिक्रमा गर्दै दोबाटो, चौबाटो तथा मन्दिरहरूमा काँचो दियो बालेर राख्दै जान्छन । 

 


यसरी काँचो दियो बालेर राख्दै जाने पितृ मोक्षको लागि गरिने परम्परा रहेको छ ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex