२९ मङ्सिर २०८२, सोमबार
Nepal Bank AD 2082 mansir

यँयाः (इन्द्रजात्रा) व्यवस्थित गरिने, जात्रा साईत हेरौं


प्रकाशित: विहिवार, २० भाद्र २०८१, १३ः२० बजे
- महानगरखवर

काठमाडौँ । यँयाः (इन्द्रजात्रा) व्यवस्थित तथा अवलोकनको लागि सहज बनाउन महानगरपालिकाले छलफल चलाएको छ । 


बुधवार यँयाः (इनद्रजात्रा) मूल समारोह समिति यँयाः (इनद्रजात्रा) व्यवस्थापन समितिका पदाधिकारीहरुका बिचमा जात्रा सञ्चालन, व्यवस्थापन र समन्वयका विषयमा छलफल भएको छ । 


छलफलमा वर्षका क्रियाकलापलाई  स्वचालित बनाउने, गुठियार तथा साझेदारहरुलाई प्रोत्साहित गर्ने, श्रद्धालु र जात्रा अवलोकनका लागि आउनेहरुको अवलोकन सहज बनाउने तयारी गरिएको हो ।
मुल समारोह समितिका संयोजक आशामान संगतले खर्च नभएका कारण जात्राका क्रियाकलाप नरोकिने बताउँदै उनले भने, ‘खर्च नभएकै कारण यस अघि रोकिएका क्रियाकलापलाई हामी पुनःस्थापना गर्दैछौँ । राष्ट्रिय पर्वका क्रियाकलाप रोकिन दिन त कुरै आउँदैन ।’


व्यवस्थापन समितिका अध्यक्ष गौत्तमरत्न शाक्यले महानगरपालिका र व्यवस्थापन समिति एकै ठाउँमा भएर जात्रा सञ्चालन गरिने भएकोले व्यवस्थापनमा सहजता आउने बताए । 


यस वर्षका लागि इन्द्रजात्राको साइत अनुासर विहिवार विहान १० बजेर ४७ मिनेटको साइतमा हनुमान ढोकाबाट वनयात्रा सुरु हुन्छ । वेलुका ८ बजेर २७ मिनेटको साइतमा वृक्षकर्तन हुन्छ । 


२६ गते बुधबार विहान १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो सहर प्रवेश गराइन्छ । भदौ ३० गते आइतबार विहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान हुन्छ । 


असोज १ गते मंगलबार कुमारी रथ यात्रा सुरु हुन्छ । यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरुले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । 


यस दिन तल्लो टोलमा रथ यात्रा हुन्छ । असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ । यसै दिन राती १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex
Naya bachat suchna 2082