५ जेठ २०८१, शनिबार
Header

म्यानेजर अफ दि इयर २०१८ अवार्ड आइएमईका सिईओ पोखरेललाई प्रदान


प्रकाशित: मंगलवार, २९ माघ २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । आइएमईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन पोखरेललाई यो बर्षको म्यानेजर अफ दि ईयर २०१८ अवार्ड प्रदान गरिएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार एक कार्यक्रममा पोखरेललाई सो अवार्डमा सम्मान गरेको थियो । 


म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड यसपटक पोखरेलले हात पारेका हुन । 


यसैगरी  द्वारिकाज होटलकी अध्यक्ष अम्बिका श्रेष्ठले आउटस्ट्याण्डिङ म्यानेजर अवार्ड पाएकी छन भने अर्थसचिव डा.राजन खनाल उत्कृष्ट निजामती कर्मचारी विधामा सम्मानित भएका छन । 


त्यसैगरी युलेन्स स्कुलका प्रिन्सिपल मेदिनबहादुर लामिछाने म्यानेजर एक्सिलेन्स इन एजुकेसन विधामा सम्मानित भएका छन । 


उनीहरुलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए । सो कार्यक्रमा सम्मानित व्यक्तित्वहरु अर्थसचिव खनाल, लामिछाने लगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD