११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

म्यानमार भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघ्यो


प्रकाशित: शनिवार, १६ चैत्र २०८१, १७ः३० बजे
- महानगरखवर

काठामडौं । शुक्रबार दिउँसो म्यानमारको राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर गएको ७.७ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ एक हजार ४ पुगेको छ । 


बिबिसीका अनुसार २ हजार ३७६ जना गम्भीर घाइते भएका छन भने मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छ ।


घरहरूले मानिसहरू पुरिएको बताइएको छ । उनीहरुलाई भग्नावशेषबाट उद्धार प्रयास भइरहेको बताइएको छ ।


भूकम्पले राजधानी नेपिडो र मन्डालेमा भूकम्पले सयौं घरहरूमा क्षति पुगेको छ ।


केही ठाउँहरुमा भूकम्पले क्षति पुगेका घरहरू बिस्तारै बिस्तारै भत्किइरहेको पनि बताइएको छ।


भूकम्पले थाइल्याण्डमा पनि क्षति पुगेको छ । बैंककमा निर्माणधीन ३० तले भवन ढल्दा त्यहाँ कार्यरत मजदुरहरू पुरिएका छन ।

 

29  March 2025, Saturday

asteriskhubs
Home Page Bottom Second


maharjan complex