२० बैशाख २०८१, बिहिबार
Header

म्यानमारमा सैनिक ‘कू’, नेतृ आङ साङ सुकी गिरफ्तार, एक बर्ष संकटकाल


प्रकाशित: सोमवार, १९ माघ २०७७, ०९ः२० बजे
- महानगरखवर

काठमाडौं । म्यानमारमा सैनिक ‘कू’ भएको छ । सेनाले सत्ता हत्याउँदै एक बर्षका लागि संकटकाल घोषणा गरेको छ । 


म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिएको सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका प्रवक्ताले वक्तव्य जारी बताएको छ । 


सेना समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा समेत गरेको छ । सेनाले राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको सेनाले अब शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको बताएको छ ।


सेनाले नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र अर्को सहर रंगुनका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन भने नेपिदअको सञ्चार सम्पर्क बिच्छेद गरिएको बिबिसीले जनाएको छ । 


गत नोभेम्बरमा भएको चुनावमा सुकीको  नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) ले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो ।  सेनाले भने उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो । 


म्यानमारमा सन १९६२ देखि २०११ सम्म सैनिक शासन थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD