१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

म्यानमारमा सैनिक ‘कू’ को विरोधमा काठमाडौंमा प्रदर्शन


प्रकाशित: सोमवार, १९ माघ २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । म्यानमारमा भएको सैनिक ‘कू’ को विरोध गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । 


सोमवार नागरिक समाजले माइतीघरमा गरेको विरोध प्रदर्शनमा ‘कू’ फिर्ता लिन म्यानमारको सेनालाई चेतावनीसमेत दिएको छ ।


नागरिक अगुवा तथा पत्रकार नारायण वाग्ले, लेखक सञ्जिव उप्रेती, अर्चना थापा, उज्वल प्रसाई, युग पाठकलगायत सहभागितामा प्रदर्शनकारीले  ‘सैन्य कु मुर्दावाद’, ‘नागरिक सर्वोच्चता कायम गर’, ‘हामी म्यानमारका जनताको साथमा छौं’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।


म्यानमार सोमवार सैनिके ‘कू’ भएपछि म्यानमारकी नेतृ आङ सान सुचि लगायतका सरकारका अधिकारीहरुलाई गिरफ्तार गरिएको छ भने एक बर्षसम्म संकटकाल घोषणा गरिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex