२० बैशाख २०८१, बिहिबार
Header

म्यानमारमा सैनिक कू विरुद्ध विशाल जनप्रदर्शन


प्रकाशित: आईतवार, २५ माघ २०७७, २१ः०० बजे  
- महानगरखवर

काठमाडौं । म्यानमारमा सैनिक कू विरुद्ध विशाल जनप्रदर्शनहरु भएका छन । 


अघिल्लो साता नागरिक सरकारलाई अपदस्त गरी कूमार्फत  सेनाले शासन हत्याएपछि राजधानी नेपिदअलगायत विभिन्न सहरमा प्रदर्शनहरु भएका छन । 


हजारौको संख्यमा सहभागी प्रदर्शनकारीहरूले सैन्य कूको विरोध गर्दै प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टलगायत नेताहरूलाई रिहा गर्न माग गरेका छन । 


सेनाले एक बर्ष संकटकाल घोषणा गरेलगत्तै सांकेतिक रूपमा हर्न बजाएर, थाल ठटाएरमात्रै नागरिकले सैनिक कदमको विरोध गर्दै आएका थिए ।  इन्टरनेट नै बन्द गरिदिएपछि नागरिकहरू सडकमा ओर्लिएका हुन । 


प्रदर्शनकारीहरूले मोटरसाइकल जुलुस पनि निकालेका छन । प्रदर्शनकारीले तीन औंलाको अभिवादन गर्ने शैली पनि अपनाएका छन ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD