१४ बैशाख २०८१, शुक्रबार
Header

म्यानमारमा प्रहरीको गोलीबाट २ जनाको मृत्यु


प्रकाशित: आईतवार, ८ फागुन २०७७, ९ः३० बजे
- महानगरखवर

काठमाडौं । म्यानमारमा प्रहरीको गोलीबाट २ जना प्रदर्शनकारीको मृत्यु भएको छ । 


सैनिक ‘कू’को विरोध गर्नेहरुमाथि सुरक्षा बलले चलाएको गोलीबाट दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो । शनिबार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा सुरक्षाकर्मीले गोली चलाएका थिए । 


यसअघि पनि प्रदर्शनकारीको एक र्‍यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको थियो ।


फ्रिन्टियर म्यानमारको रिपोर्ट अनुसार माण्डलेमा सुरक्षाकर्मीले चलाएको गोलीबाट एक जनाको टाउको र अर्कोको छातीमा गोली लागेर मृत्यु भएको हो ।  


गत माघ १९ मा म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकी लगायतका नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD