१३ बैशाख २०८१, बिहिबार
Header

म्यानमारमा एकै दिन ३८ प्रदर्शनकारी मारिए


प्रकाशित: सोमवार, १ चैत्र २०७७, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । म्यानमारमा आईतवार सैनिक कू विरुद्ध उत्रिएका प्रदर्शनकारीहरु माथि गोली प्रहार हुँदा २१ जनाको ज्यान गएको छ । 


देशको मुख्य सहर याङ्गुनको एक चिनियाँ औधोगिक क्षेत्रमा भएको झडपमा प्रहरीको गोलीबाट २१ जनाको ज्यान गएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । 


देशका अन्य भागमा पनि प्रदर्शनकारीहरु मारिएको छ । प्रदर्शनकारीहरुले चिनियाँ लगानी भएको उद्योगमा आगजानी गरेपछि झडप भएको थियो ।


एसिस्टेन्स एसोसियसन फर पोलिटिकल प्रिजनर्स संस्थाका अनुसार अनुसार आईतवार ३८ जना मारिएको बताएका छन । 


प्रदर्शनकारीहरुले चिनीले म्यानमार सेनालाई सहयोग गरिरहेको र कू विरुद्ध केही नबोलेका कारण चिनियाँ लगानी उद्योग, व्यवसायहरुमा आक्रमण थालेको बताईएको छ । 


१ फ्रवअरीमा म्यानमार सैनिकले कू गरेपछि देशभर दैनिक प्रदर्शन भईरहेको छ । सैनिक सरकाले एक बर्ष संकटकालको घोषणा गर्दै नेतृ आन साङ सुकी लगायतका नेताहरुलाई बन्दी बनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD