६ भाद्र २०८३, शनिबार
Header

मौद्रिक नीति सार्वजनिक, मर्जरमा जानेलाई बम्पर सुविधा (पूर्ण पाठ सहित)


प्रकाशित: बुधवार, ८ साउन २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार आ.व. २०७६÷०७७ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । 


गभर्नर डा.चिरञ्जिबी नेपालले सार्वजनिक गरको मौद्रिक नीतिमा ब्याजदर करिडोरमा थप कडाई गर्ने नीति लिएको छ । 


विदेशबाट ल्याउने कर्जाहरुमा भने थप सुविधाहरु व्यवस्था गरेको छ भने बजेटले भनेजसरी नै आर्थिक बृद्धिदर हासिल गर्ने गरी मौद्रिक नीतिमा व्यवस्था गरेको छ । 


त्यसैगरी सुनलाई निक्षेपको रुपमा जम्मा गर्ने नीतिगत व्यवस्था मौद्रिक नीतिमा उल्लेख गरिएको छ । 


सर्वाधिक चर्चामा रहेको विग मर्जरको नीतिमा भने मौद्रिक नीतिमा बम्पर सुविधाहरुको व्यवस्था गरिएको छ । 


सुविधाहरुः–


१.कृषि, उर्जा र पर्यटन क्षेत्रमा तोकिएको कर्जा पुर्याउनुपर्ने अवधि २०७८ असार मसान्तसम्म कायम गरिने


२. कर्जा र निक्षेपत्रीचको ब्याजदर अन्तर ४.४ प्रतिशत कायम गर्नुपर्ने अवधि २०७८ असार मसान्त कायम गरिने


३. शाखा विस्तार गर्न यस बैंकको स्वीकृति लिनुनपर्ने


४.संचालक समिति सदस्य,प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको कम्तिमा ६ महिना व्यतित नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा संचालक वा अन्य कुनैपनि हैसियतमा काम गर्न नपाउने विद्यमान प्रावधान लागु नहुने


५.चुक्ता पूँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नुपर्ने अवधि २०७८ असार मसान्त कायम गरिने

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex