२६ बैशाख २०८१, बुधबार
Header

मोवाईलमा सन्देश आएपछि राहदानी लिन आउनुः विभाग


प्रकाशित: आईतवार, २४ पुस २०७९, १९ः१० बजे
- महानगरखबर

काठमाडौँ । केही दिनयता राहदानी वितरणमा देखिएको समस्या समाधान भएको राहादानी विभागले जनाएको छ । 


विद्युतीय राहदानी लिनेक्रममा प्रमाणीकरण प्रक्रियामा आएको सुस्तता हाललाई समाधान भइसकेको विभागले बताएको छ । 


विभागले आइतबार विज्ञप्ति जारी समस्या समाधान भएकोले अब मोबाइलमा सन्देश प्राप्त भएपछि अथवा नेपाल इ–पासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपश्चात् राहदानी लिन आउन पनि अनुरोध छ ।


पुस १७ देखि आएको सुस्तता हाललाई समाधान भएको जनाएको हो । उक्त सुस्ततालाई सहज बनाउन नेपालको राहदानी छाप्ने र प्राविधिक पक्षसमेत हेर्ने जिम्मा पाएको फ्रेन्च कम्पनी आइडिमियाको प्राविधिक टोली गत शुक्रबार सिंगापुर र भारतको बैंग्लोरबाट आएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD