काठमाडौं । मोटरसाईकल दुर्घट्नमा परेर मंगलवार विहान मोरङको उर्लावारीमा एक व्यक्तिको मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा मोटरसाइकल दुर्घटनामा उर्लाबारीका २५ वर्षीय अमित धिमालको मृत्यु भएको प्रहरीले चलाएको छ ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना अनुासारको१९प ४४७५ नं को मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार गम्भीर घाइते अमितको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गम्भीर घाइते मोटरसाइकल चालक ३० वर्षीय बोरिस धिमालको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
Categorized in समाज