काठमाडौं । राजधानीमा आजबाट सुरु हुन लागेको विमेस्टक सम्मेलनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशी प्रधानमन्त्री शेख हसिना लगायतका पहुनाहरु काठमाडौ ओलर्ने भएपछि उपत्यका विभिन्न स्थानका रुट अवरुद्ध हुने भएको छ ।
विमानस्थालदेखि सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटीदेखि सोल्टी होटलसम्मको दुईतर्फी सडक अवरुद्ध हुने भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सो रुटमा हिड्ने यात्रु तथा सवारीसाधनलाई ट्राफिक प्रहरीले बैकल्पिक राजमार्ग प्रयोग गर्न भनेको छ ।
Categorized in राष्ट्रिय