१२ भाद्र २०८३, शुक्रबार
Header

मोदी अब लुम्बिनी आउने, नेपालको विकासको लागी शेर्पाको भुमिका निभाउने


प्रकाशित: शनिबार, २९ बैशाख २०७५, १९ः३० बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । नेपालको तीन तीर्थ धाम जनकपुर, मुक्तिनाथ र पशुपति भ्रमणको यात्रा पुरा गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब छिट्टै समय मिलाएर बुद्धको जन्मस्थल लुम्बिनी आउने वताएका छन् ।


शनिबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको विशेष नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले भने, ‘अब समय मिएर बुद्धको जन्मभूमि लुम्बिनी जान्छु ।’


नेपालको विकासका लागि सगरमाथा चढ्न सहयोगी बन्ने शेर्पा जस्तै भारत पनि नेपालको विकासको लागि शेर्पाको भूमिका निभाउने बताए ।

 
उनले नेपालमा अहिले उज्वल भविश्यको कामना, लोकतन्त्रलाई बलियो बनाउने र समृद्ध नेपाल, सुखी नेपाली बनाउने माहौल रहेकोले नेपाल आफ्नो आवश्यकता र प्राथमिकताअनुसार अघि बढे भारत सधै साथ रहेको बताए ।

 

 

दुई दिने नेपाल भ्रमणमा आएका मोदीको जनकपुरमा पनि नागरिक अभिनन्दन गरिएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex