काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त राष्ट्रले पर्यावरण सम्बिन्धी सबैभन्दा सर्वौच्च पुरस्कारले सम्मान गर्ने भएको छ ।
‘च्यम्पियन्स अफ द अर्थ अवार्ड’ बाट मोदी सम्मानीत भएको खबर भारतीय अखवार हिन्दुस्तान टाईम्सले छापेको छ ।
मोदीलाई यो पुरस्कार इन्टरनेशनल सोलार एलाइन्स र भारतलाई सन् २०२२ सम्म भारतमा प्लाष्टिक प्रयोग नगराउने प्रतिवद्धता गरेको कारण दिएको हो ।
यो पुरस्कार फ्रान्सेली राष्ट्रपति इमैनुएल मैक्रा र अन्य ४ जना व्यक्ति तथा संस्थालाई पनि प्रदान गरिने भएको छ ।
पर्यावरण क्षेत्रमा उल्लेखीय काम गरेबापत यो पुरस्कार व्यक्ति तथा संस्थालाई प्रदान गरिँदै आएको छ ।
Categorized in अन्तर्राष्ट्रिय