१५ बैशाख २०८१, शनिबार
Header

मोदीलाई बधाईको ओईरो !


प्रकाशित: शुक्रवार, १० जेठ २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । भारतमा लोकसभाको चुनावमा भारतीय जनता पार्टी (भाजपा) लाई ऐतिहासिक सफलता प्राप्त भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाईको आईरो लाग्न थालेको छ । 


छिमेकी देशका समकक्षी प्रधानमन्त्री, विपक्षी दलहरुले मोदीको जितको सफलतामा खुसियाली व्यक्त गरिरहेका छन । 


नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रम मोदीलाई विहिवार टेलिफोन गरी शुभकामना दिएका छन । 


मोदी भारतका अन्य प्रधानमन्त्रीहरु भन्दा मोदी नेपालको धार्मिक, सांस्कृतिसँग नकिज देखिएको छ । उनले नेपालमा तीन पटक राजकीय भ्रमण समेत गरिसकेको छ । 


यसैविच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय जनता पार्टीले ठुला सफलता हासिल गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहलाई बधाई तथा शुभकामना दिएका छन । 


त्यसैगरी अर्का छिमेकी देश पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि भाजपाका शानदार जीतमा मोदीलाई बधाई दिएका छन । 


खानले भाजपा र उनका सहयोगी दलहरुलाई मोदीमार्फत बधाई तथा शुभकामना दिँदै दक्षिण एशियाको शान्ति र विकासको लागि भारतसँग मिलेर काम गर्ने बताएका छन । 


मतगणनाले भाजपा एक्लै बहुमत र एनडीए गठबन्धन ३४८ सिटमा जित देखाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD