११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मोदीलाई नेपाल भ्रमणका लागि परराष्ट्रमन्त्री आरजुको निम्तो


प्रकाशित: मंगलवार, ४ भाद्र २०८१, १०ः१५ बजे
- महानगरखवर

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छिन ।


सोमबार भएको शिष्टाचार भेटवार्ता मन्त्री आरजु राणाले भेटमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन भने सो अवसरमा नेपाल–भारत विचको पारस्पारिक, व्यापारिक, सांस्कृतिक विषयमा चर्चा गरिन । 


भेटवार्तापछि मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा आफू र मोदीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताबारे छलफल गरेको उल्लेख गरेकी छन ।


उनले भ्रमाण फलदायी, आशवादी भएको र यस भेटले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा विश्वास व्यक्त गरेकी छिन । 


उनले भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील तथा बहुआयामिक साझेदारी रहेको पनि उल्लेख गरेका छन ।


भेटपछि मोदीले पनि एक्समा परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन । उनले भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील तथा बहुआयामिक साझेदारी रहेको पनि उल्लेख गरेका छन ।


राणाले सोमबार दिउँसो नै समकक्षी जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन । उनीहरूबीच नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने र द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । 


भारतीय विदेशमन्त्री जयशंकरले राणाको पहिले औपचारिक विदेश भ्रमणमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन ।


विदेशमन्त्री जयशंकरले लेखेका छन, ‘ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकासलगायत बहुआयामिक सहयोगबारे छलफल भएको छ, नेपालले भारतमा करिब १ हजार मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुसी लागेको छ, यो एउटा नयाँ कोसेढुंगा हो ।’


गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका दौरानमा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने सहमति गरेको थियो ।

 
दिल्लीस्थित नेपाली दूतावासले जयशंकरसँगको भेटमा पारवहन, ट्रान्जिट, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई रुट, खाद्यान्न, पञ्चेश्वर बहुउद्देश्य परियोजना, खेलकुद, सीमा क्षेत्रका पूर्वाधारलगायत विषयमा छलफल भएको जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex