१२ भाद्र २०८३, शुक्रबार
Header

मोदीको सुरक्षा व्यवस्था कडा, मास्क लगाएर हिड्न प्रतिबन्ध


प्रकाशित: बिहिबार, २७ बैशाख २०७५, १७ः२१ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणको पूर्वसन्ध्यामा जनकपुरमासुरक्षा व्यवस्था कडा पारिएको छ । भारतबाटै विशेष सुरक्षा व्यवस्थासहित भ्रमणमा आउन लागेको मादीलाई नेपाल सरकारले विशेष सुरक्षा प्रदान गर्नेछ ।


भोली सिधै जनकपुर आउने कार्यक्रम रहेको मोदीको भ्रमणमा सुरक्षालाई ध्यानमा राखेर मास्क लगाएर हिँड्न जिल्ला प्रहरी कार्यलय धनुषाले निषेध गरेको हो ।

 
जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र मास्क लगाएर हिँड्न निषेध गरेको छ ।


प्रहरीले जारी गरेको सुचनालाई वेवास्ता गरी निषेध गरिएको सरसामान लिई प्रवेश गरेको पाइएमा तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिइ कारबाही गर्न सक्नेछ ।

 
प्रधानमन्त्रीको जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ भने जनकपुर उपमहानगरपालिकाले मोदीको सम्मानमा बाह्रविघा मैदानमा नागरिक अभिनन्दन कार्यक्रम राखेको छ ।


मोदी भ्रमणलाई भनेर प्रदेश २ सरकारले प्रदेशभरी सार्वजनिक विदाको घोषणा गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex