१२ श्रावण २०८१, शनिबार
Header

मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री भारत प्रस्थान


प्रकाशित: आइतवार, २७ जेठ २०८१, १३ः३० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन ।

 
आइतवार प्रधानमन्त्री दाहाल दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरेका हुन । भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ६ बजे शपथ लिँदैछन ।


भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ । 


भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन९एनडीए० ले बहुमत ल्याएपछि मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री नियुक्त भएका हुन । 


यसअघि सन २०१४ मा मोदी पहिलो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नयाँदिल्ली गएका थिए ।


भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिल्लीमा हुने शपथ ग्रहणका लागि श्रीलंकाली राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधामन्त्री छिरिङ तोब्गे र मौरिससका प्रधानमन्त्री परविन्द जगन्नाथलाई समेत निमन्त्रणा पठाइएको छ ।


बुधबार २५२ सिट जितेको एनडीए गठबन्धनको दिल्लीमा सम्पन्न बैठकले सरकार बनाउने निर्णय गरेको थियो । सरकारका बनाउनको लागि भारतमा २७२ सिट चाहिन्छ ।


त्यस्तै २३४ सिट जितेको विपक्षी भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा ‘इन्डिया’गठबन्धन प्रमुख विपक्षी बनेका छन । 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex