११ बैशाख २०८१, मंगलबार
Header

मोटर हेड टेक्कन आर २५० सार्वजनिक 


प्रकाशित: आईतवार, ३ असोज २०७८, २१ः०० बजे 
- महानगरखबर

काठमाडौं । नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एसएलआर टेक्नो एण्ड ट्रेडले डर्ट बाइक सेग्मेन्टअन्तर्गत मोटर हेड टेक्कन आर २५० सार्वजनिक गरेको छ । 


नेपाल अटोमोवाइल्स डिलर एसोसिएसनका अध्यक्ष कृष्ण प्रसाद दुलालको आतिथ्यतामा बाइकको नयाँ मोडल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।


सो अवसरमा कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे, एसएलआर टेक्नो एण्ड ट्रेडका अध्यक्ष लोकहर्ष शाक्य, निर्देशक सुगम घिमिरे लगायतको सहभागिता थियो ।


यो बाइकको सुरुवाती बजार मूल्य चार लाख पाँच हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । सीमित अवधिका लागि लागू मात्र हो । 


कम्पनीले मोटरहेडका बाइक चीनबाट आयात गरेर नेपालमा बिक्री गर्दै आएको छ । युवा लक्षित यस बाइकमा अत्याधुनिक इन्जिन, कडा चेसिस फ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट्स, राम्रो डिजाइन, इनबिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट जडान गरिएको कम्पनीले जनाएको छ ।


कम्पनीअन्तर्गत हाल मुलुकको विभिन्न प्रमुख शहरहरमा थ्रीएस सुविधा (बिक्री, सेवा र स्पेयर) सहित १४ वटा डिलर आउटलेट संचालनमा छन । 


एसएलआर टेक्नो एण्ड ट्रेडले मोटरहेड ब्रान्ड ५ वर्षदेखि नेपालको दुईपांग्रे बजारमा डर्ट सेगमेन्टको बाइक बिक्री गर्दै आएको छ । 


बाइकमा समावेश गरिएको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, प्रशंसनीय पिक अप, पावरले थप आकर्षक रहेको कम्पनीले जनाएको छ ।


नेपाल अटोमोवाइल्स डिलर एसोसिएसनका अध्यक्ष कृष्ण प्रसाद दुलालको आतिथ्यतामा बाइकको नयाँ मोडल सार्वजनिक गरिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD