३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

मोटरसाईकल पछाडी बस्नेलाई पनि हेल्मेट !


प्रकाशित: आईतवार, ५ जेठ २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । मोटरसाईकल तथा स्कुटरको पछाडी बस्नेले पनि अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने कानुन बन्दैछ । 


महानगरीय ट्राफिक महाशाखाले दुर्घटना न्यूनीकरणका लागि यातायात व्यस्था ऐनमा संशोधन गरी हेल्मेट अनिवार्य रुपमा लगाउनु पर्ने प्रस्ताव गरेको छ । 


महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले सवारी दुर्घट्ना न्यूनिकरणका लागि पछाडी बस्नेले पनि हेल्मेट लगाउनु पर्ने बताए । 


हेलमेट आईएसओ मान्यता प्राप्त लगाउनु पर्ने प्रमुख पन्तले जानकारी दिए । 


यस अघि डा. उपेन्द्र देवकोटाले स्वास्थ्यमन्त्री भएको बेला मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याएका थिए  तर यसले निरन्तरता पाउन सकेन । 


केही समय अघि यो नियम लागु गर्दा पछाडी हेलमेट लगाएर बस्ने व्यक्ति अपराधमा संलग्न भएको भन्दै नियम हटाएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex