काठमाडौं । मोटरसाईकलमा पहिरो खस्दा बुटवल तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर नजिकै मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पा मित्याल गाउपालिकाका ३१ बर्षिय धनबहादुर सुनारी रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको ्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सुनारीले चलाएको लु ५० प ४६७१ मोटरसाइक पहिरोले उछिटाएर तिनाउ खोलामा झारेको प्रहरीले बताए । प्रहरीले सुनारीको शब २ घण्टा लगाएर सो स्थानबाट निकालेका थिए ।
Categorized in समाज