४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मोटरसाईकलमा आएका २ व्यक्तिले चक्कुदेखाएर ६ लाख लुटे


प्रकाशित: बुधबार, १६ साउन २०७५, १८ः३३ बजे
- महानगरखबर

काठमाडौं । नम्बर नखुलेको मोटरसाईकलमा आएका २ व्यक्तिले भक्तपुर नगरपालिकास्थित कालान्च भन्ने स्थानमा एक निर्माण व्यवसायीलाई चक्कु देखाएर ६ लाख नगद लुटपाट गरेको प्रहरीले जनाएको छ । 


चागुँनारायण नगरपालिका–६ तेलकोट बस्ने निर्माण व्यवसायी पशुराम बजगाईको ६ लाख रुपैयाँ नगद मंगलबार लुटपाट भएको हो । 


नेपाल बैंक लिमिटेड कमलविनायक शाखाबाट निकालेको नगद २ लाख र घरबाट लिएर आएको ४ लाख सहित ६ लाख रुपैयाँ लिई कमलविनायकबाट सूर्यबिनायकतर्फ पैदल आउने क्रममा भक्तपुर नगरपालिका–१० स्थित कालान्च भन्ने स्थानबाट नम्वर खुल्न नसकेको मोटरसाइकलमा आएका २ जना व्यक्तिले चक्कु देखाई उक्त रकम लुटेको बताइएको छ । 


फरार लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आश्यक अनुसन्धान गरिरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex