६ जेठ २०८१, आइतबार
Header

मोटरसाईकलको सिटमुनी एककिलो लुकाई राखेको सुनसहित एक पक्राउ


प्रकाशित: शुक्रबार, १५ असार २०७५, १३ः०२ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रहरीले वीरगञ्जबाट एक व्यक्तिलाई मोटरसाईकलमा लुकाई राखेको एक किलो सुनसहित पक्राउ गरेको छ । 


प्रहरीले सर्लाही हरिपुर नगरपालिका –९ बस्ने सन्तोषकुमार साहलाई एक किलो अवैध सुन बोकेर भारततर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका शंकाराचार्य गेट अगाडिबाट साहलाई पक्राउ गरिएको हो । 


पूर्व सूचनाका आधारमा इनवरुवा प्रहरी चौकीका इन्चार्ज त्रिभुवन साह नेतृत्वको टोलीले सुनसहित साहलाई नियन्त्रणमा लिएको हो ।  


प्रहरीले चेकजाँचको क्रममा  साह चढेको ना ४८प ३७७४ नम्बरको मोटरसाइकलको सिटमुनी रहेको एयर फिल्टरमा लुकाइएको अवस्थामा सुन फेला परेको थियो ।


पत्रकार सम्मेलन गरेर सो बारे जानकारी दिने प्रहरीले बताएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD