८ बैशाख २०८१, शनिबार
Header

मेलम्ची बाढीपीडितहरुलाई काठमाडौं महानगर प्रमुख शाक्यद्धारा सहयोग प्रदान 


प्रकाशित: मंगलवार, ८ असार २०७८, १५ः५० बजे
- अजय खड्गी

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीका बाढि पीडितहरुलाई काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक सहयोग प्रदान गरेका छन । 


सोमवार पुर्वघोषित सहयोग अनुसार प्रमुख शाक्यले मेलम्ची नगरलाई २ करोड र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन । 


शाक्यले मेलम्ची नगरका प्रमुख डम्बरबहादुर अर्याल र पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टाँसी लामालाई सो रकम हस्तान्तरण गरेका थिए ।  स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्, संघ तथा प्रदेश सभा सदस्य, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, मेलम्ची नगरकी उपप्रमुख भगवती नेपाल, पाँचपोखरी गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीसहित पदाधिकारीहरुको उपस्थितीमा रकम हस्तान्तरण गरिएको थियो ।


सो अवसरमा प्रमुख शाक्यले, भगिनी सहर मेलम्चीसँगै प्रभावित पाँचपोखरी थाङ्पाल र हेलम्बुृ गाउँपालिकाका जनतामा प्राकृतिक विपत्तिले ल्याएको दुःखमा काठमाडौँ महानगर र महानगरबासीकातर्फबाट सहयोग गर्न आएको बताए । 


काठमाडौँ महानगरपालिकाको असार ३ गते बसेको नवौँ नगर सभाको पहिलो बैठकले बाढी प्रभावित मेलम्ची नगरलाई २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । 


त्यस्तै असार ४ गते बसेको दोस्रो बैठकले हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० र ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD