१४ बैशाख २०८१, शुक्रबार
Header

मेलम्ची बाढीपीडितलाई महानगरको २ करोड सहयोग घोषणा


प्रकाशित: शुक्रवार, ४ असार २०७८, १०ः०० बजे
- अजय खड्गी

काठमाडौँ । मेलम्ची बाढीपीडितलाई काठमाडौं महानगरपालिकाले २ करोड सहयोग उपलव्ध घोषणा गरेको छ ।  


राष्ट्रिय सभा गृहमा सुरु भएको नवौँ अधिवेसनमा महानगरले मेलम्ची नगरलाई बाढीजन्य विपद व्यवस्थापनमा सघाउन उक्त रकम सहयोग गरेको हो ।   


विहिवारबाट सुरु भएको अधिवेशनलाई महानगर प्रमुख शाक्यले सम्बोधन गर्दै सो सहयोगको घोषणा गरेका हुन ।  भगिनी सहरको दुःखमा साथ दिन सहयोग उपलब्ध गराउने निर्णय गरिएको शाक्यले बताए । 


प्रमुख शाक्यले भने, यो सहयोगबाट खोज तथा उद्धार र जनजीवनको पुनस्र्थापनाका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौँ । अन्तरनगर आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत नागरिकको आय आर्यजनमा टेवा पुग्ने, जीविकोपार्जन र आपसी हित प्रवर्धन हुने, साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलिकरणको प्रयासका लागि स्थापना भएको भगिनी सम्बन्ध भएको नगर आज संकटमा छ ।’ 


गत पुस २१ गते वागमती प्रदेशका दुई नगरहरु काठमाडौं महानगर र मेलम्ची नगथरबीच भगिनी सम्बन्ध सम्बन्ध स्थापना भएको थियो ।


नगरसँग मेलम्ची सिटी पार्क निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भए अनुसार मेलम्ची नगरपालिका वडा नं. १० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय पार्क निर्माण गर्न महानगरले यस अघि १ करोड ५० लाख रुपैयाँ प्रदान गरिसकिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD