२५ बैशाख २०८१, मंगलबार
Header

मेलम्ची खानेपानी भ्रष्टाचारको आरोपमा पूर्वसचिव भीम उपाध्याय सहित ३ जना विरुद्ध मुद्दा


प्रकाशित: आइतवार, ६ फागुन २०८०, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोमा पूर्वचिव भीम उपाध्यायसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । 


अख्तियारले पूर्वसचिवद्धय सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध पनि मुद्दा दायर भएको छ । 


खानेपानी मन्त्रालयको सचिवको जिम्मेवारीमा रहँदा मेलम्ची खानेपानी विकास समितिका बोर्ड अध्यक्षको भूमिकामा हुने भएकाले पूर्वसचिव शर्मा, उपाध्याय र ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा लागेको हो ।


त्यसैगरी, मेलम्ची खानेपानी आयोजनाका ३ जना कार्यकारी निर्देशक, ३ जना बोर्ड सदस्य र कर्मचारी गरी १५ जना, ठेकेदार र परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


मेलम्ची खानेपानी आयोजना विकास समितिका तत्कालीन कार्यकारी निर्देशकहरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेल विरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

 
त्यसैगरी विकास समितिका तत्कालीन लेखा उपसचिव मणिभन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल, लेखा अधिकृत रामचन्द्र न्यौपाने, निर्माणस्थलका इन्जिनियर तत्कालीन उपकार्यकारी निर्देशक भोजबिक्रम थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको हो । 


प्रवक्ता नरहरि घिमिरेका अनुसार परामर्शदाता एप्टिसा (बेट्स जेभीका तत्कालीन डेपुटी टिम लिडर शिवकुमार शर्मा, निर्माण व्यवसायी एप्टिसा र बेट्स कन्सल्टिङ जेभी र निर्माण व्यवसायी सीएमसी डि रविनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD