११ भाद्र २०८३, बिहिबार
Header

मेलम्चीमा परीक्षणको लागि सुरुङमा पानी हालियो


प्रकाशित: सोमबार, ३ चैत्र २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । मेलम्चीको हेडवक्र्सबाट परिक्षणको लागि एक किलोमिटर सुरुङ मार्गमा परीक्षणको लागि पानि हालिएको छ । 


खानेपानी मन्त्री बिना मगरको उपस्थितीमा गरिएको सो परीक्षणमा कुनै समस्या नदेखिएको आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले बताएका छन ।


निर्देशक खत्रीका अनुसार सिनो हाइड्रोले द्रुत गतिमा काम अघि बढाएकोले काममा गुणात्मक प्रगति भएको छ । 


उक्त परीक्षणपछि मन्त्री मगरले मेलम्चीको पानि काठमाडौंमा आउन कसैले नरोकिने बताउँदै लामो प्रतीक्षा, अन्यौलता र पछिल्लो चरणमा हामीले गरेको मेहेनतपछि आयोजनाको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको बताईन । 


तोकिएकै समयमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने मेरो पनि एक महत्वपूर्ण सपना रहेका मन्त्री मगरको भनाई राखिन । 


आगामी असारमा मेलम्चीको पानी आईसक्ने सरकारको दावी छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex