२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

मेलम्चीको लागि विच्छाएको पाईप परिक्षणमा ४ स्थानमा चुहिएको भेटियो


प्रकाशित: सोमबार, २८ साउन २०७५, १९ः३४ बजे
- महानगरखबर

काठमाडौँ । मेलम्चीको लागि बिच्छाएको पाईप परिक्षणको गर्दा ११ किमी दुरीमा चार स्थानमा चुवाहट भएको काठमाडौ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

 
सुन्दरीजलमा निर्माण भएको अत्याधुनिक प्रशोधन केन्द्रमा वाग्मती नदीको पानी हाली परीक्षण शुरु गरिएको हो । सुन्दरीजलबाट चाबहिल गोपीकृष्णसम्मको थोक वितरण प्रणालीमा पानी हाली परीक्षण गर्दा चार स्थानमा चुहावट पाइएको हो ।

 
नदीमा पानीको सतह बढेकाले परीक्षण शुरु गरिएको हो । चुवाहट गोकर्ण, चुच्चेपाटी, चावहिल र गोपीकृष्ण हल अघि भेटिएको निर्देशनालयले जनाएको छ ।

 
हाल सडक खनेर चारै स्थानका चुहावट टालिएको छ । थोक वितरण प्रणालीको ६८ किमीमै पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । सम्पन्न भएको स्थानमा पानी परीक्षण गरिनेछ । असोजसम्ममा मेलम्चीको पानी सुन्दरीजलमा खसाल्नने सरकारको लक्ष्य छ । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika